सरकारको नेतृत्व लिन पहल गर्ने कांग्रेसको निर्णय

Spread the love

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आगामी सरकारको नेतृत्व लिने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा शुक्रबार साँझ बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारको नेतृत्व दाबी गर्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

गतवर्ष वैशाखमै सरकारले शासन गर्ने नैतिक र राजनीतिक आधार गुमाइसेकेको ठहर गरेको कांग्रेसले प्रधानमन्त्रीको राजीनामा नमागेको तर अब पनि जनविरोधी काम जारी राखेकाले राजीनामा माग गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रवक्ता शर्माले माओवादी केन्द्र र जसपालाई पार्टीमा निर्णय गरेर आउन आग्रह गरे। प्रतिनिधिसभा पुनःस्थापना भइसकेपछि लामो समय मौन बसेको कांग्रेसले अहिले सरकारमा दाबी गर्ने निर्णय लिएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असंवैधानिक र अलोकतान्त्रिक कदम चाल्ने ओलीको विस्थापनका लागि छिटो निर्णय लिन कांग्रेस सभापति शेरबहादुर देउवालाई पटक–पटक भेटेर आग्रह गर्दै आएका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानसेनापति थापाद्वारा लेखक र फोटो सर्जकलाई पुरस्कार प्रदान

२०७७ चैत्र २०, शुक्रबार २१:१२
Spread the loveकाठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक फोटो प्रतियोगिताका विजयी तथा सिपाही र शिवपुरी जर्नल २०७७ का उत्कृष्ट लेखकलाई पुरस्कार प्रदान गरेका छन् । सैनिक–जनसम्पर्क तथा सूूचना निर्देशनालय स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा शुक्रबार आयोजित समारोहमा प्रधानसेनापति थापाले उनीहरुलाई नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरेका हुन् […]

समाचार छुट्याे की?