देशलाई अहिलेको समस्याबाट निकास दिलाउन अब कांग्रेस नेतृत्वको सरकारः नेता सिंह

Spread the love

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई राजनीतिक द्वन्द्वतर्फ धकेलेकाले कांग्रेसले सरकार निर्माणमा अग्रसरता लिनु परेको बताएका छन् ।

शनिबार दावाँली मिलन क्लबको १५औँ साधारणसभालाई सम्बोधन गर्दै नेता सिंहले वर्तमान समस्याबाट निकास दिलाउन कांग्रेस नेतृत्वको सरकार आवश्यक भएको सबै दलको निष्कर्ष रहेको बताए । ‘५ वर्षको लागि प्राप्त गरेको म्यान्डेट कम्युनिष्टहरू ३ वर्ष पनि टिक्न सकेनन् । यो सरकार असफल भइसक्यो । देशलाई अहिलेको समस्याबाट निकास दिलाउन नेपाली कांग्रेस आवश्यकताअनुसार आफ्नो नेतृत्वको सरकार दिन तयार छ ।’

नेपालको संविधान निमार्ण गर्न पनि ४/४ जना कम्युनिष्ट नेताहरू असफल हुँदा अन्त्यमा कांग्रेसको नेतृत्वको सरकारले नै संविधान निर्माण गरेकाले अहिलेको राजनीतिक समस्याबाट निकास दिन पनि कांग्रेस नै सफल हुने उनको दाबी गरे ।

कम्युनिष्टहरू नेपालको राजनीतिमा असफल भइसकेका उनले बताए । नेता सिंहले राजनीतिक क्षेत्र सेवाको क्षेत्र भएकोले नेतृत्व कर्तामा सेवाको भावना हुन जरुरी रहेको बताए । उनले भने ‘तर कम्युनिष्टहरूमा सेवाको भावना छैन । अहिलेको नेतृत्व इमानदार हुनुपर्छ, सेवाको भावना हुनुपर्छ, राष्ट्रियता र नैतिकता हुनुपर्छ ।’

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेसको निर्णयले देशको राजनीतिले कोल्टे फेर्योः प्रचण्ड

२०७७ चैत्र २१, शनिबार १४:३५
Spread the loveकाठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिले कोल्टे फेरेको बताएका छन् । शनिबार कपिलवस्तुको तौलिहवामा जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व लिन पहल गर्ने कांग्रेसको निर्णयपछि राजनीतिले कोल्टे फेरेको बताएका हुन् । उनले अब केही दिनमै नयाँ सरकार गठन […]

समाचार छुट्याे की?