बाघको आक्रमणबाट बर्दियामा गैंडा गणनामा खटिएका हात्तीका माउतेको मृत्यु

Spread the love

काठमाडौं । वन तथा वातावरणमन्त्री पे्रमबहादुर आलेले बाघको आक्रमणबाट मृत्यु भएका कर्मचारीप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले आइतबार विज्ञप्ति प्रकाशित गरी मृतात्माको चिरशान्तिको कामनासहित शोकाकुल परिवारजनमा गहिरो समवेदनासमेत प्रकट गरेका छन् ।

मृतकका घरपरिवारलाई मन्त्रालयका तर्फबाट न्यायोचित क्षतिपूर्तिको समेत व्यवस्था गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ । मन्त्री आलेले गैँडा गणनालगायत निकुञ्जको सुरक्षामा खटिने कर्मचारी, गणकहरूले आफ्नो सुरक्षा व्यवस्था मजबुद बनाएर मात्रै कामका खटिनसमेत आग्रह गरेका छन् ।

आइतबार गैँडा गणनामा खटिएर ठाकुरद्वारा फर्कने क्रममा ३१ वर्षीय पुलिसराम थारूको बाघले आक्रमणबाट मृत्यु भएको थियो । चालु आर्थिक वर्षमा बाघको आक्रमणबाट दश जनाको मृत्यु भइसकेको छ ।

यसैगरी, गैँडा गणनाकै क्रममा यही चैत २० गते नवलपरासी (सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–२ नजीकै चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर क्षेत्रमा खटिएको टोलीलाई जङ्गली हात्तीले शुक्रबार लखेटेपछि हात्तीबाट खसेर पाँचजना घाइते भएका थिए ।

घाइतेमध्ये राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी विनोद श्रेष्ठको अवस्था गम्भीर रहेको र उनको काठमाडौँस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अफ्रिकन रुट आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा

२०७७ चैत्र २२, आईतवार २१:४९
Spread the loveपोखरा । अफ्रिकन रुट एसोसियसन पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा मछिन्द्र फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै अफ्रिकन रुट अन्तिम चारमा पुगेको हो । अफ्रिकनलाई जित दिलाउन मौसा र एनजिमीले एक–एक गोल […]

समाचार छुट्याे की?