भारत कोरोना संक्रमणको हटस्पट बनेको छ । एक पटक ह्वात्तै घटेको संक्रमण यो साता झन् उच्च देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्र ९३ हजार बढी नयाँ कोरोना संक्रमित थपिएका छन् । यसैगरी ५ सय भन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या हाल विश्वमा नै सबैभन्दा उच्च हो ।
भारतमा शुक्रबार ८९ हजारमा संक्रमण पुष्टि भएको थियो । ६ महिनायता पहिलो पटक भारतमा सबैभन्दा बढी संक्रमित थपिएका हुन् । भारतमा सबैभन्दा बढी संक्रमण महाराष्ट्रमा देखिएको छ । महाराष्ट्रमा एकै दिन झण्डै ५० हजार संक्रमित थपिएका छन् भने २ सय ७७ जनाको मृत्यु भएको छ । महाराष्ट्रसँगै छत्तीसगढ, मध्यप्रदेश र गुजरातमा पनि संक्रमण तीव्र देखिएको छ ।