Spread the love
काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्नेको एन्टिजेन परीक्षण गरिने भएको छ । काठमाडौं जिल्ला संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले काठमाडौं प्रवेश गर्नेमध्ये शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्नुपर्ने निर्णय गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सम्बन्धित स्थानीय तहहरूलाई नाकाहरूमा हेल्थ डेस्क स्थापना गरेर शंकास्पद व्यक्तिहरूको एन्टिजेन परीक्षण गराउन निर्देशन दिएको जानकारी दिएका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमण दर बढेको र त्यसको जोखिम नेपालमा पनि रहेको औल्याउँदै उपत्यका प्रवेश गर्ने मानिसहरूमा जाँच कडा पार्न लागिएको हो ।