पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुद्वारा निगमको केन्द्रीय कार्यालय घेराउ

Spread the love

काठमाडौं । अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । निगमले आइतबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएपछि नेकपा एमालेको माधवकुमार नेपाल निकटको अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो ।

अनेरास्ववियुले विरोध प्रदर्शनपछि निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल समक्ष ज्ञापनपत्र समेत बुझाएको छ । ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको बताए ।

मूल्यवृद्धिबाट लाखौं विद्यार्थी मात्रै नभई जनसमुदायमाथि सिधा प्रहार भएकोले यसलाई स्वीकार्न नसकिने उनले बताए । ज्ञापनपत्र बुझ्दै निगमका कार्यकारी निर्देशक पौडेलले प्रत्येक १५/१५ दिनमा मूल्य समायोजना गर्ने व्यवस्था अनुरुप मूल्य वृद्धि गरिएको बताए ।

निगमसँग भण्डारण क्षमता नभएकोले भारतले मूल्य बढाउने वितिक्कै नेपालमा पनि मूल्य बढाउनुपर्ने बाध्यता रहेको स्पष्ट पारे । यद्यपी विद्यार्थीहरुको माग जायज भएकोले ज्ञापनपत्रलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाउने समेत बताए । उनले आयल निगमले घाटामा गएर तेलको व्यापार गर्न नसक्ने बताए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा एन्टिजेन परीक्षण गरिने

२०७७ चैत्र २३, सोमबार १५:४६
Spread the loveकाठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्नेको एन्टिजेन परीक्षण गरिने भएको छ । काठमाडौं जिल्ला संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले काठमाडौं प्रवेश गर्नेमध्ये शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्नुपर्ने निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सम्बन्धित स्थानीय तहहरूलाई नाकाहरूमा हेल्थ डेस्क स्थापना गरेर शंकास्पद व्यक्तिहरूको […]