शीर्ष स्थानको एट्लेटिको पराजित

Spread the love

स्पेनिस ला लिगा फुटबलको लिग लिडर एट्लेटिको मड्रिड, २९ औ चरणको खेलमा सेभियासंग पराजित भएको छ ।

सिजनको तेस्रो हार भोग्ने क्रममा एट्लेटिको मड्रिड सेभियासंग १–० ले पराजित भयो । घरेलु मैदानमा सेभियालाई जिताउन खेलको ७० औ मिनेटमा मार्कोस आकुन्याले गरेको गोल निर्णायक बन्यो । यो जितले सेभियालाई तालिकाको चौथो स्थानमा बलियो बनाएको छ । २९ खेलबाट ५८ अंक जोडेको सेभिया तेस्रो स्थानको बार्सिलोनाभन्दा ४ अंकले पछि छ । हारका बावजुत एट्लेटिको ६६ अंकमा शीर्ष स्थानमा कायम छ ।

गएराती नै सेल्टा डि भिगोले डिर्पोर्टिभो अलाभेषलाई ३–१ गोल अन्तरले हरायो । भ्यालेन्सीया भने काडिजसंग २–१ ले स्तब्ध भयो । अर्को खेलमा ईल्चे र रियल बेटिसले एक एकको बराबरी खेलेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इन्डोनेसियामा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो

२०७७ चैत्र २३, सोमबार १०:१२
Spread the loveइन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । इनडोनेसिया विपत् व्यवस्थापन निकाय, ‘रादिति अ जाती’,का प्रवक्ताले राडित्य जातीले देशको पूर्वी क्षेत्रस्थित नुसा टेङ्गरा प्रान्तमा भीषण वर्षापछि आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको पुष्टि गरे । यसपहिले प्राप्त विवरणमा बाढी र […]

समाचार छुट्याे की?