इन्डोनेसिया र इस्ट टिमोरमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १५० नाघ्यो

Spread the love

इन्डोनेसिया र इस्ट टिमोरमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १५० नाघेको सरकारी अधिकारीहरुले जनाएका छन् । बाढी पहिरोका कारण अझै पनि दर्जनौं व्यक्ति हराइरहेका छन् ।

बाढीबाट इन्डोनेसिया र छिमेकमा पर्ने इस्ट टिमोर बढी प्रभावित भएको अधिकारीहरुले जानकारी दिएका थिए । प्रकोपबाट इन्डोनेसियामा १३० र इस्ट टिमोर २७ जनाको मृत्यु भएको इन्डोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले जानकारी दिए ।

इस्ट टिमोरको राजधानी डिलीको आवासीय क्षेत्रमा घेरै व्यक्तिको मृत्यु भएको बताइएको छ । इन्डोनेसियामा अझै पनि ७० भन्दा बढी हराएका खोजी तथा उद्धार कार्यमा संलग्न टोलीले मङ्गलबार जानकारी दिएका छन् ।

बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ । आँधीबेहरीले लेम्बाटा टापुको केही गाउँ र समुद्रको किनारमा अवस्थित भवनहरू बगाएको बताइएको छ ।

वर्षाको समयमा इन्डोनेसियाली द्वीपहरुका बाढी र पहिरोको प्रकोपले सताउने सामान्य जस्तो नै भएको पाइन्छ । गत जनवरी महिनामा इन्डोनेसियाको पश्चिमी भागमा पर्ने जाभा प्रान्तको सुमेडाङ शहरमा आएको बाढीका परी कम्तीका ४० जनाको मृत्यु भएको थियो । त्यसैगरी गत सेप्टेम्बरमा बोर्नेओ सहरमा आएको पहिरोमा परी ११ जनाको मृत्यु भएको थियो ।

इन्डोनेसियाको अनुमानित जनसंख्या १२ करोड ५० लाख रहेको छ । देशको आधा जनसंख्या पहिरोको जोखिममा रहेका क्षेत्रमा बस्ने गरेका पनि जनाइएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकार कोरोना नियन्त्रणका लागि लकडाउन गर्ने पक्षमा छैनः स्वास्थ्यमन्त्री

२०७७ चैत्र २४, मंगलवार १२:४२
Spread the loveकाठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । मंगलबार काठमाडौंमा ‘नेपाल हेल्थ कनक्लेभ २०२१’लाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री त्रिपाठीले नेपाल पुनः लकडाउनमा नजाने बताएका हुन् । उनले लकडाउन भन्दा अगाडि गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदमहरु चाल्न […]