एमाले प्रवेश गरेका चार मन्त्रीलाई सांसदबाट हटाउन संसद सचिवालयलाई माओवादी केन्द्रको पत्र

Spread the love

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चारजना सांसदलाई सांसदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभाका चार जना सांसदहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई सांसद पदबाट हटाउन लेखेको पत्र संसद् सचिवालयमा बुझाएको हो ।

उनीहरू नेकपा एमाले पार्टीको केन्द्रीय सदस्यमा पनि मनोनित भएका छन् । संसद् सचिवालयले पत्रअनुसार कारबाही प्रक्रियाको सूचना जारी गरेपछि उनीहरू सांसद पदबाट औपचारिक रूपमा हट्नेछन् ।

संसद् चलेको बेला सांसदबाट हटाइएको सूचना प्रतिनिधिसभा बैठकमा सभामुखले जानकारी दिनुपर्ने कानुनी व्यवस्था छ । राष्ट्रिय सभामा माओवादीबाट निर्वाचित रामबहादुर थापालाई पनि हटाउने माओवादीले निर्णय गरेको छ । त्यसको जानकारी केही दिनमा मात्रै संसद् सचिवालयलाई दिइने माओवादी नेताहरूले बताएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मसँग केपी ओली पक्षले भावनात्मक 'ब्ल्याकमेल' गरिरहेको छः माधव नेपाल

२०७७ चैत्र २४, मंगलवार १६:२४
Spread the loveकाठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगले वैधानिक रुपमा नेकपा एमाले केपी ओलीलाई दिएपनि नआत्तिन नेता, कार्यकर्तालाई आग्रह गरेका छन् । मंगलबार बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै नेता नेपालले निर्वाचन आयोगले केपी ओलीलाई बैधानिकता दिई अध्यक्ष मानेमा नआत्तिन आग्रह गरेका हुन् । उनले समस्या आए […]

समाचार छुट्याे की?