कैलालीस्थित नेपाल–भारत सीमा नाकामा प्रहरी र तस्कर समूहबीच गोली हानाहान

Spread the love

कैलाली । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।

सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले मोरियाघाट सीमा नाकामा प्रहरी टोली र तस्करबीच जम्काभेट हुँदा गोली हानाहान भएको जानकारी दिए ।

“भाला र पेस्तोलसहित आएका तस्कर समूहसँग जम्काभेट हुँदा फायरिङ भयो”, प्रहरी निरीक्षक थापाले भने,“बब्लु सिंहसहितका तीन जना तस्करको समूहबाट प्रहरी टोलीमाथि एक राउण्ड गोली चलाइएपछि प्रहरीले पनि तीन राउण्ड जवाफी फायर गर्नुपर्यो ।

उक्त घटनामा भारत उत्तर प्रदेश, लखिमपुरखिरी जिल्ला तिकुनियाका निज सिंह घाइते भएको जनाइएको छ । गोली हानाहानपछि तस्कर समूहमा रहेका अन्य व्यक्ति भारततिरै भागेको जनाइएको छ । घटनास्थलमा एक भाला र एक थान मोबाइल बरामद भएको प्रहरीले बताएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस पार्टीका कथित नेताहरूको सरोकार बन्न छोडेको आमकाङ्ग्रेसी मतदाताको स्वाभिमान र सम्मान

२०७७ चैत्र २४, मंगलवार ०८:४९
Spread the loveकेशवप्रसाद भट्टराई । १. केपी ओलीलाई पार्टीले हाम्रो भावी प्रधानमन्त्री भनेर उम्मेदवार बनायो र त्यसलाई जनताले अनुमोदन गरे । अर्थात यो प्रतिनिधि सभा भित्र ओली जनादेश प्राप्त प्रधान मन्त्री हुन् । त्यसैले यो संसद भित्र प्रधानमन्त्री ओलीजीसँग जति राजनीतिक र प्रजातान्त्रिक वैधता अर्को कोही व्यक्तिसँग हुन सक्दैन । […]