धुम्बाराहीस्थित तरकारी बजारमा नबिल बैंकको क्यूआर कोड भुक्तानी सेवा

Spread the love

काठमाडौं । नबिल बैंकले काठमाडौंको धुम्बाराहीस्थित तरकारी बजारमा क्यूआर कोड भुक्तानी सेवा शुरु गरेको छ । बैंकले मंगलबार एक कार्यक्रम गरी धुम्बाराही तरकारी बजारमा क्यूआर कोडमार्फत भुक्तानी सेवा शुरु गरेको हो ।

बैंकले नगदरहित भुक्तानी सेवालाई विस्तार गर्ने अभियान अनुरुप उक्त तरकारी बजारमा क्यूआरकोड भुक्तानी सेवा शुरु गरेको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले क्यूआर कोडको प्रयोगले डिजिटल प्रविधिमा आधारित कारोबारमा मानिसहरुलाई सहज बनाउने बताए ।

कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले देशैभर सानो सानो पसलमा क्यूआर कोड मार्फत नगदरहित कारोबार गराउने अभियानमा बैैंक लागेको बताए । अहिले क्यूआर कोडका कारण बैंकिङ कारोबार बढेको र कहिल्यै पनि बैंक खाता नखोलेका मानिसले पनि बैंक खाता खोली कारोबार गर्न थालेको उनले बताए ।

क्यूआर कोडबाट रकम भुक्तानी लिदा कुनैपनि सेवा शुल्क नलाग्ने भएकाले यसको प्रचलन बढ्दै गएको छ । यस्तै नगदरहित कारोबार बढाउने नेपाल राष्ट्र बैंकको अभियानलाई पनि क्यूआर कोडमार्फत हुने कारोबारले सघाउ पुग्ने विश्वास बैंकले लिएको छ ।

धुम्बाराही तरकारी बजारमा थोक र खुद्रा गरी दुई सय पसल रहेका छन् । बैंकले अहिले ५० वटा पसलमा व्यवसायिक क्यूआर कोड भुक्तानी सेवा शुरु गरेको छ । बाँकी पसललाई पनि छिट्टै क्यूआर कोड प्रदान गरिने बैंकले बताएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हैजाका कारण नाइजेरियामा ५० जनाको मृत्यु

२०७७ चैत्र २४, मंगलवार २२:५६
Spread the loveहैजाका कारण नाइजेरियामा यसवर्ष अहिलेसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ । स्थानीय स्वास्थ्य अधिकारीहरूले मङ्गलबार दिएको जानकारीअनुसार देशका आठ प्रदेशमा फैलिएको हैजाका कारण उनीहरूको मृृत्यु भएको हो । रोग नियन्त्रण केन्द्रले हैजा तथा झाडापखाला जस्तो लक्षण भएका रोगहरूबाट उनीहरूको मृत्यु भएको जनाएको छ । यही मार्च २८ सम्मको विवरणअनुसार […]