प्रिमियर लिगमा म्यान्चेस्टर युनाईटेडद्वारा ब्राइटन पराजित

Spread the love

इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले ब्राइटनलाई २–१ ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन मेसन ग्रिनउड र मार्कस रास्फोर्डले एक एक गोल गरे ।

पराजित टोली ब्राइटनका ड्यानी वेलबेकले पहिलो गोल गरेका थिए । प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरलाई न्युकासल युनाईटेडले २–२ गोलको बराबरीमा रोकेको छ ।

गएराति साउथह्याम्पटनले बर्न्लेमाथि ३–२ को जित निकाल्दा एस्टन भिल्लाले फुल्हमलाई ३–१ ले हरायो । इंग्लीश प्रिमियर लिगमा गएरातिका खेलहरुपछि ३१ खेलबाट ७४ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा छ ।

३० खेलबाट ६० अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लेष्टर सिटीको ५६ अंक छ । ५१ अंक जोडेको चेल्सी चौथो स्थानमा छ भने पाँचौ स्थानको टोटनह्यामको ४९ अंक भएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नक्कली हवाई टिकट बेच्ने एनआरएनए पोर्चुगलका कोषाध्यक्ष निलम्बित

२०७७ चैत्र २४, मंगलवार ०८:३७
Spread the loveपोर्चुगल । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले नक्कली हवाई टिकट बेच्ने सङ्घका कोषाध्यक्षलाई निलम्बन गरेको छ । सङ्घले नक्कली हवाई टिकट बेचेको घटना सार्वजनिक भएलगत्तै कोषाध्यक्ष विक्रमजङ्ग कुँवरलाई पदबाट निलम्बन गरेको हो । राजधानी लिस्बनमा सञ्चालित लक्ष्मी ट्राभलका सञ्चालक तथा एनआरएनएका कोषाध्यक्ष कुँवरले नक्कली हवाई टिकट बेचेको […]