रुसी राष्ट्रपति पुटिन सन् २०३६ सम्म सत्तामा रहने

Spread the love

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०३६ सम्म सत्तामा रहने भएका छन् । पुटिनले सोमबार थप दुई कार्यकाल राष्ट्रपति बन्ने एउटा विधेयकमा हस्ताक्षर गरेका हुन् । संविधानअनुसार ६८ वर्षीय पुटिनले दोस्रो कार्यकाल सकिएसँगै सन् २०२४ मा सत्ताबाट बाहिरिनुपर्ने थियो ।

तर गत वर्ष जनमतसंग्रहमार्फत संशोधन गरिएको संवैधानिक व्यवस्थाले उनलाई थप दुई कार्यकाल राष्ट्रपति बन्ने बाटो दिएको हो । संवैधानिक सुधारसम्बन्धी जनमतसंग्रहमा पुटिनले करिब ७८ प्रतिशत मत पाएसँगै उनी थप दुई कार्यकाल सत्तामा रहने कानुनी बाटो खुलेको हो । नयाँ कानुनमा राष्ट्रपतिको कार्यकाल पनि ४ वर्षबाट बढाएर ६ वर्ष बनाइएको छ ।

गत मार्चमा रुसको संसद्ले उक्त संशोधन पास गरेको थियो । पुटिन पहिलो पटक सन् २००० मा रुसको राष्ट्रपति बनेका थिए । चार/चार वर्षको दुई कार्यकाल बिताएपछि पुटिनले आफ्ना सहयोगी दिमित्री मेडभेडेवलाई राष्ट्रपति बनाउँदै २००८ देखि २०१२ सम्म प्रधानमन्त्री बनेका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फिलिपिन्समा लकडाउन तोडेको आरोपमा तीनसय पटक उठबस गर्न लगाइएका व्यक्तिको मृत्यु

२०७७ चैत्र २४, मंगलवार १०:४२
Spread the loveफिलिपिन्समा कोरोनाभाइरस नियन्त्रणका लागि लागु गरिएको क्वारन्टीन नियमको अवज्ञा गरेको भन्दै प्रहरीले दण्डस्वरूप तीन सय पटक उठबस गराएका एक व्यक्तिको मृत्यु भएको छ । बिहीबार स्थानीय समयानुसार साँझको ६ बजेपछि कभाइट प्रान्तमा पानी किन्दै गरेका ड्यारेन मानाओग पेनारेडोन्डोलाई प्रहरीहरूले रोकेका थिए । दण्ड पाएको भोलिपल्ट उनी अचेत भएर […]