सुडानको डारफोरमा ४० जनाको हत्या

Spread the love

दक्षिणी सुडानको राजधानी डारफरनजिकै रहेको एल जेनेइना भन्ने स्थानमा त्यहाँका स्थानीय विद्रोही हतियारधारीहरु बीचमा भएका भिडन्तहरुमा परी कम्तीमा पनि ४० जनाको ज्यान गएको संयुक्त राष्ट्रसंघीय कार्यालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको मानवीय सहायता सम्बन्धी समन्वय कार्यालयले यस कुराको जानकारी दिएको छ । सो क्षेत्रमा यही अप्रिल ३ तारिखदेखि भिडन्त भएको थियो । त्यहाँका स्थानीय विद्रोही समूहहरु अल मासालित र अरब ट्राइबका बीचमा सो भिडन्त भएको थियो ।

भिडन्तका कारण अरु कम्तीमा पनि ५८ जना घाइते भएका पनि बताइएको छ । संयुक्त राष्ट्रसंघीय मानवीयता सहायतासम्बन्धी समन्वय कार्यालय (ओचा) ले त्यस क्षेत्रमा सोमबार पनि गोली हानाहान भएको सुनिएको जनाएको छ ।

त्यस क्षेत्रमा अहिले पनि ठूलो संख्याका हतियारधारीहरु जम्मा भएर आपसमा भिडन्त गरेका बताइएको छ । संयुक्त राष्ट्रसंघको सो कार्यालयले दक्षिणी सुडानको एल जेनियामा रहेको मानवीय सहायता वितरणको काम रोकेको छ । कार्यालयले सुरक्षाको अवस्था गम्भीर रहेकोले अहिलेका लागि सो क्षेत्रमा सहायता वितरणको काम रोकिएको बताएको छ । विशेषगरी यी दुई जातीय समूहले आफ्ना मागको सम्बोधन हुनुपर्ने भन्दै आपसमा एक अर्कामाथि हमला गर्दै आएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

न्यूजील्यान्डले अप्रिल १९ देखि अस्ट्रेलियासँग हवाई उडान शुरु गर्ने

२०७७ चैत्र २४, मंगलवार १५:३२
Spread the loveन्यूजील्यान्डले अप्रिल १९ देखि अस्ट्रेलियासँग सीमित संख्यामा हवाई उडान शुरु गर्ने घोषणा गरेको छ । दुई छिमेकी मुलुकबीच प्रारम्भ हुन लागेको हवाई मार्गबाट यात्रा गर्नेहरुले क्वारेन्टाइनमा बस्नु पर्ने छैन । कोरोनाभाइरस महामारीका कारण दुबै मुलुकमा अलपत्र परेका र आफन्तजनलाई भेटघाट गर्न यो सुविधाले ठूलो मद्दत पुग्नेछ । साथै […]