हैजाका कारण नाइजेरियामा ५० जनाको मृत्यु

Spread the love

हैजाका कारण नाइजेरियामा यसवर्ष अहिलेसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ । स्थानीय स्वास्थ्य अधिकारीहरूले मङ्गलबार दिएको जानकारीअनुसार देशका आठ प्रदेशमा फैलिएको हैजाका कारण उनीहरूको मृृत्यु भएको हो ।

रोग नियन्त्रण केन्द्रले हैजा तथा झाडापखाला जस्तो लक्षण भएका रोगहरूबाट उनीहरूको मृत्यु भएको जनाएको छ । यही मार्च २८ सम्मको विवरणअनुसार हैजाबाट एक हजार ७४६ जना बिरामी भएकोमा उनीहरूमध्ये ५० भन्दा बढीको मृत्यु भएको पाइएको केन्द्रका प्रमुख चिक्वे आइहेक्वेजुले जानकारी दिए ।

अबुजामा आयोजित पत्रकार सम्मेलनमा उनले हैजाको महामारी डरलाग्दो र चिन्ताजनक भएकाले सबैले उच्च सतर्कता अपनाउनु पर्नेमा जोड दिए । देशको नासारावा, सोकोटो, कोगी, बायेल्सा, गोम्बे, जाम्फारा, डेल्टा र बेन्युमा हैजाको महामारी फैलिएको उनले बताए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्व अर्थतन्त्रमा व्यापक सुधार हुने मुद्रा कोषको पूर्वानुमान

२०७७ चैत्र २४, मंगलवार २३:०८
Spread the loveअन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)लेचालु वर्ष र आगामी वर्षमा विश्व अर्थतन्त्रमा व्यापक सुधार देखिने पूर्वानुमान गरेको छ । उसले गत जनवरी महिनामा गरेको वेलायत र विश्व अर्थतन्त्र सम्बन्धी पूर्वानुमान परिमार्जन गरेको हो । तर ब्रिटेनको अर्थतन्त्र सन् २०२२ को अन्त्यतिर मात्रै कोभिड–१९ महामारी भन्दा अघिको अवस्थामा फर्कने अनुमान गरिएको […]