२०७० को निर्वाचनमा ममाथि वम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गल्ती गरेँः प्रचण्ड

Spread the love

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामबहादुर थापालाई गृहमन्त्री बनाएर आफूले गल्ती गरेको बताएका छन् । मंगलबार रुकुम पश्चिममा आयोजित जनप्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले २०७० सालको चुनावमा आफूमाथि वम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गल्ती गरेको बताएका हुन् ।

उनले पार्टीभित्र आफूलाई साथ दिएकालाई अवसर नदिई घेराबन्दी गर्नेलाई पार्टी र सरकारमा अवसर दिएकोमा पछुतो भएको बताए । उनले आगामी दिनमा अब त्यसो हुन नदिनेसमेत बताए ।

उनले भने,‘पार्टी विभाजन गरेर जानेलाई माथिल्लो तहमा जिम्मा दिएँ। मलाई गद्दार भन्नेहरू र २०७० सालको चुनावमा ममाथि बम प्रहार गर्ने साथीहरूलाई गृहमन्त्री बनाएँ। मैले गल्ती गरें। उनीहरू बिकाउ माल सावित भए । इमान्दार कार्यकर्तालाई पार्टी, नियुक्तिहरू र मन्त्री बनाउँदा प्राथमिकता दिनुपर्नेमा मैले गल्ती गरेँ । सहिद परिवार ओझेलमा परेजस्तो भयो भने जनयुद्धमा त्याग गर्नेहरू पनि ओझेलमा परे। अब म त्यस्तो गर्दिनँ। हिजो युद्धमा लागेकालाई अगाडि बढाउने संकल्प गर्छु ।’

उनले लोकतन्त्रमाथि षड्यन्त्र गर्ने काम नरोकिएको भन्दै जनताले खबरदारी गरिरहनुपर्ने बताए । उनले आफू जनताका काखमा गएर प्रतिगमनकारीलाई चुनौती दिने आँट आफूमा भएको बताए।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले प्रवेश गरेको केही दिनमै किशोर प्रधान निगमको सञ्चालक समिति सदस्यमा नियुक्त

२०७७ चैत्र २४, मंगलवार १८:४०
Spread the loveकाठमाडौं । सरकारले राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक समिति सदस्यमा किशोर प्रधानलाई नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विराटनगर–१० मोरङकाका किशोरकुमार प्रधानलाई मंगलबार निगमको बोर्ड सदस्यमा नियुक्त गरेका हुन् । मन्त्री ढकालले निगमको बोर्ड सञ्चालकमा चार वर्षका लागि प्रधानलाई नियुक्त […]