काठमाडौँ । नेकपा एमालेको माधव नेपाल पक्षले आज वागमती प्रदेशको समानान्तर कमिटी घोषणा गर्दैछ । आज बस्ने बागमती प्रदेशको स्थायी कमिटी बैठकले प्रदेशको समानान्तर कमिटी घोषणा गर्न लागेको हो ।
सर्वोच्च अदालतले नेकपा विभाजन गर्ने फैसला गरेसँगै एमालेमा केपी शर्मा ओली र माधव नेपाल पक्षले समानान्तर ढङ्गले गतिविधि गर्दै आएका छन् । अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाएको नेपाल पक्षले यसअघि नै पार्टी सुदृढीकरण अभियान अन्तरगत तीन महिने कार्यक्रम घोषणा गरिसकेको छ ।
अभियानअन्तर्गत वडा, जिल्ला प्रदेश हुँदै विभिन्न जनवर्गीय सङ्गठनमा पनि समानान्तर साङ्गठनिक संरचना बनाउने क्रम जारी छ । नेपाल पक्षले वाग्मती प्रदेश संयोजनको जिम्मेवारी नेतृ अष्टलक्ष्मी शाक्यलाई दिने तयारी गरेको छ । नेपाल पक्षले काठमाडौं र कास्की जिल्लामा कमिटी गठन गरिसकेको छ । त्यस्तै युवा संघ र अनेरास्ववियुमा पनि नेतृत्व चयन गरिसकेको छ ।