आर्मीद्वारा श्रीलंकन पुलिस पाँच एक गोलले पराजित

Spread the love

काठमाडौं । पहिलो पटक एएफसी कपको प्रारम्भिक छनौट खेलमा त्रिभुवन आर्मीले विजयी सुरुवात गरेको छ । बुधबार भएको खेलमा आर्मीले श्रीलंका पुलिसलाई पाँच एक गोलले पराजित गर्यो ।

दशरथ रंगशालामा भएको खेलमा आर्मीले एक गोलले पछि परेको अवस्थामा उत्कृष्ट कमब्याक गर्दै जित निकाल्न सफल भयो । खेलको चौथो मिनेटमा नै विवेक बस्नेतको क्रसमा नवयुग बलसम्म पुग्न सकेनन् ।

त्यसको लगत्तै विवेकको प्रहारलाई श्रीलंकन पुलिसका गोलकिपरले पन्च गरे । बारम्बार दबाव दिएको आर्मी विरुद्ध खेलको २८ औं मिनेटमा श्रीलंकन पुलिसले खेलमा अग्रता बनायो । उसका लागि इभान्सले तीन जना डिफेन्डरलाई विट गर्दै टिमलाई अग्रता दिलाए । एक गोलले पछि परेको अवस्थामा आर्मीले ४२ औं मिनेटमा सन्तोष तामाङले उत्कृष्ट गोल गर्न सफल भए ।

उनले करिव ३५ यार्डबाट उत्कृष्ट गोल गर्न सफल भए । ४३ औं मिनेटमा आर्मीले खेल दुई एकको अवस्थामा पुर्यायो । यसपटक भरत खवासले डिबक्समा गरेको पासमा नवयुग श्रेष्ठले हेड मार्फत गोल गर्न सफल भए ।

पहिलो हाफका इन्जुरी समयमा आर्मीले अर्को उत्कृष्ट मौका गुमायो । नवयुग श्रेष्ठले डिबक्समा पाएको बललाई आत्मसाथ गर्न सकेनन् । पहिलो हाफमा दुई एकको अग्रता बनाएको आर्मीले ५० औं मिनेटमा खेल तीन एकले अगाडी रह्यो । नवयुग श्रेष्ठले डिबक्समा गरेको क्रसबल श्रीलंका पुलिसका गोलकिपरको हातमा डिफ्लेक्ट बललाई टंक बस्नेतले गोल गर्न सफल भए ।

५४ औं मिनेटमा भरत खवासले डिबक्समा गरेको हेडर बारमा लागेर फर्किदा रेफ्रिले अफसाईडको झण्डा उठाए । त्यसपछि पनि आर्मीले तीन वटा मौकाको सिर्जना गरेको थियो । त्यसमा आर्मी सफल भएन । ७४ औं मिनेटमा सन्तोष तामाङको फ्रिकिकमा नवयुग श्रेष्ठले हेडको प्रयास गर्दा पोष्टको माथिबाट बाहिरीयो ।

७६ औं मिनेटमा श्रीलंका पुलिसको प्रहार बारमा लागेर फर्किएपछि उसका खेलाडी चुकचुकाउन पुगे । खेलको ८३ औं मिनेटमा आर्मीले चार एकको अग्रता बनाउन सफल भयो । आर्मीका लागि सुदिल राईले गोल गर्न सफल भए । उनले श्रीलंका पुलिसका डिफेन्डरको गल्तिका कारण राम्रो फिनिस गरे । खेलको इन्जुरी समयको तेस्रो मिनेटमा आर्मीले पाँचौ गोल गर्यो ।

उसका लागि नवयुग श्रेष्ठले ब्यक्तिगत दोस्रो गोल गरे । त्यसपछि श्रीलंका पुलिस टिम खेलमा फर्कन सकेन र आर्मीले फराकिलो जित निकाल्यो । यो जितपछि अब आर्मीले तीन अंक हात पारेको छ । अब उसले छनौटको दोस्रो खेलमा बैंगलुरु एफसीसँग भारतमा खेल्नेछ । यो चरणका सबै खेलमा जित निकालेमा आर्मीले समुह डी मा स्थान बनाउनेछ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अहिलेको अवस्थामा मन खुलाएर बजेट निर्माण गर्ने अवस्था छैनः अर्थमन्त्री

२०७७ चैत्र २५, बुधबार २०:५०
Spread the loveकाठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अवस्थामा मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताएका छन् । बुधबार नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री पौडेलले यसपटक मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताएका हुन् । कोभिडका कारण सिर्जित समस्या र बजेटको स्रोतको सीमितताका कारण बजेट निर्माण […]