गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरियो

Spread the love

पोखरा । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सरकारबाट बाहिरिएको छ । गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीद्वय हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा दिएका छन् ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर मन्त्रीद्वयले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई राजीनामा बुझाएका हुन् । चुमान आन्तरिक मामिला तथा कानुन मन्त्री थिए भने थापा कृषिमन्त्री थिए ।

गण्डकी प्रदेश सरकारबाट माओवादी बाहिरिए पनि संसदको अंकगणितमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बहुमतमै देखिएका छन् । प्रदेश सभामा रहेको ६० जना सांसद मध्ये एमालेका मात्रै २८ जना सांसद छन् । त्यसअघि आज बिहान बसेको माओवादी संसदीय दलको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चीनबाट अनुदानमा प्राप्त ’भेरोसेल’ भ्याक्सिन लगाउन सुरु

२०७७ चैत्र २५, बुधबार १४:१०
Spread the loveकाठमाडौं । कोभिडविरुद्धको खोप अभियान बुधबारदेखि पुनः सुरु भएको छ । बुधबारदेखि चीनबाट अनुदानमा प्राप्त ’भेरोसेल’ भ्याक्सिन दिन सुरु गरिएको हो । चिनियाँ अनुदानको खोप चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्ति, हिमालय सीमा पार व्यापार गर्ने नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, […]