थप २९८ जनामा कोरोना संक्रमण, दुईको मृत्यु, ७४ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा थप २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २९८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७८७६८ पुगेको छ । ४१०० जनामा पिसिआर परीक्षण गर्दा २९८ मा पोजेटिभ र १०४० मा एन्टिजेन परीक्षण गर्दा ४१ जनामा पोजेटिभ देखिएको थियो ।

त्यस्तै बुधबार थप ७४ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २७३५२९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०३८ पुगेको छ । क्वारेन्टाइनमा ६५ जना छन् भने आइसोलेसनमा २२०१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिस्काः जात्रा नरोक्न सर्वोच्चको आदेश

२०७७ चैत्र २५, बुधबार १७:०९
Spread the loveकाठमाडौं । सर्वोच्च अदालतले भक्तपुरमा मनाइने बिस्काः जात्रा नरोक्न अन्तरिम आदेश दिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले कोरोना संक्रमण बढेको भन्दै जात्रा रोक्ने निर्णय गरेपछि अधिवक्ता राजकुमार सुवालले रिट दायर गरेका थिए । न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले त्यसमा प्रारम्भिक सुनुवाई गर्दै जात्रा नरोक्न अन्तरिम आदेश जारी […]