बिस्काः जात्रा नरोक्न सर्वोच्चको आदेश

Spread the love

काठमाडौं । सर्वोच्च अदालतले भक्तपुरमा मनाइने बिस्काः जात्रा नरोक्न अन्तरिम आदेश दिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले कोरोना संक्रमण बढेको भन्दै जात्रा रोक्ने निर्णय गरेपछि अधिवक्ता राजकुमार सुवालले रिट दायर गरेका थिए ।

न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले त्यसमा प्रारम्भिक सुनुवाई गर्दै जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको हो । यता भक्तपुर नगरपालिकाले पनि सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय गरिसकेको थियो ।

नगरपालिकाद्वारा बुधबार डाकिएको बैठकले रथ तान्ने र यसिं (लिंगो) पनि ठ्ड्याउने निर्णय गरेको हो । त्यसअघि सांसद प्रेम सुवाल र नगरपालिका जनप्रतिनिधि लगायतको टोलीले प्रमुख जिल्ला अधिकारीलाई भेटेर जात्रा रोक्ने निर्णय सच्याउन आग्रह गरेको थियो । बिस्काः जात्रा चैत २८ बाट हुँदैछ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले जारी गर्यो १० बुँदे सुझाव

२०७७ चैत्र २५, बुधबार १८:२५
Spread the loveकाठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गर्न/गराउन आग्रह गरेको छ । देशभर कोरोना संक्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले राति ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गराउन अनुरोध गरेको हो । मन्त्रालयले बुधबार १० बुँदे सूचना जारी गर्दै रात्रिकालीन व्यवसायहरू रेष्टुरेष्ट, होटल लगायत बन्द […]