ब्राजिलमा कोरोना संक्रमणबाट एकैदिन चार हजार भन्दा बढीको मृत्यु

Spread the love

ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ । संक्रमण सुरु भएयता ब्राजिलमा एकै दिनमा ४ हजार १ सय ९५ जनाको मृत्यु भएको यो पहिलोपटक हो ।

अमेरिकापछि कोरोनाबाट सर्वाधिक धेरै मृत्यु हुने देश ब्राजिल हो । ब्राजिलमा अहिलेसम्म ३ लाख ३७ हजारभन्दा धेरैले संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । यतिबेला अस्पतालहरु विरामीले भरिभराउ हुँदा ब्राजिलको स्वास्थ्य प्रणाली धरासायी हुने विन्दूमा पुगेको छ ।

मानिसहरु उपचारको प्रतिक्षा गर्दागर्दै मृत्यु हुने अवस्थामा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर राष्ट्रपति जैर बोल्सेनारोले भने महामारी नियन्त्रणका लागि राष्ट्रव्यापी लकडाउन गर्न अस्वीकार गरेका छन् । ब्राजिलमा अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १ करोड ३० लाख नाघिसकेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पार्टीभित्र कुनै पनि संकट छैनः सभापति देउवा

२०७७ चैत्र २५, बुधबार १२:०७
Spread the loveकाठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी सभापति देउवाले पार्टीभित्र कुनै विवाद नरहेको बताएका छन् । पार्टी नेता नविन्द्रराज जोशीको निधन भएको १३ औ दिनको पुण्यतिथीमा पार्टी कार्यालय सानेपामा बुधबार आयोजित श्रद्धाञ्जलीसभामा सभापति देउवाले पार्टीभित्र कुनै पनि संकट नरहेको बताएका हुन् । उनले पार्टीमा कुनै संकट नभएको […]