राष्ट्रवादी शक्ति एकढिक्का हुनुपर्छः अध्यक्ष थापा

Spread the love

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भ्रष्टाचार, धर्म परिवर्तन र सर्वसत्तावादलाई सधैँका लागि अन्त्य गर्न मुलुकमा राष्ट्रवादी शक्ति दलगत स्वार्थ त्यागेर अब एकढिक्का हुनुपर्ने बताएका छन् ।

राप्रपा मकवानपुरद्वारा बुधबार हेटौँडामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष थापाले राष्ट्रियता, प्रजातन्त्र र सनातन धर्म संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै सबल र समृद्ध नेपाल निर्माणका निम्ति अबको विकल्प भनेकै राप्रपा भएको दाबी गरे ।

उनले गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयताले मुलुकको राष्ट्रिय हित नहुने बताए । प्रमुख दलले सत्ता र शक्तिको निमित्त मात्रै प्रतिस्पर्धा गर्ने होडबाजीले देशमा राजनीतिक दुर्घटना निम्तिने खतरा बढेको उनको भनाइ थियो ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आस्ट्राजेनेका खोप लगाएकामा रगत जम्ने समस्या निकै दुर्लभ रहेको युरोपेली नियामकको निष्कर्ष

२०७७ चैत्र २५, बुधबार २२:११
Spread the loveकोरोनाभाइरसविरुद्धको आस्ट्राजेनेका खोप लगाएपछि रगत जम्ने अस्वाभाविक अवस्थालाई एकदमै दुर्लभ असरका रूपमा सूचीकृत गरिनुपर्ने युरोपेली सङ्घमा औषधीहरूको नियमन गर्ने निकायले जनाएको छ । युरोपमा देखापरेका त्यस्ता ८६ वटा अवस्थाबारे अध्ययन गरेपछि युरोपियन मेडीसीन्स एजेन्सी (ईएमए)ले खोप लगाएपछिका जोखिमभन्दा फाइदा बढी रहेको निष्कर्ष निकालेको छ । उक्त प्रतिवेदनले करिब […]

समाचार छुट्याे की?