विश्व अर्थतन्त्रमा व्यापक सुधार हुने मुद्रा कोषको पूर्वानुमान

Spread the love

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)लेचालु वर्ष र आगामी वर्षमा विश्व अर्थतन्त्रमा व्यापक सुधार देखिने पूर्वानुमान गरेको छ । उसले गत जनवरी महिनामा गरेको वेलायत र विश्व अर्थतन्त्र सम्बन्धी पूर्वानुमान परिमार्जन गरेको हो ।

तर ब्रिटेनको अर्थतन्त्र सन् २०२२ को अन्त्यतिर मात्रै कोभिड–१९ महामारी भन्दा अघिको अवस्थामा फर्कने अनुमान गरिएको छ । आईएमएफका अनुसार वेलायतमा यो वर्ष ५.३ प्रतिशत वृद्धि देखिने छ भने सन् २०२२मा वृद्धिदर ५.१ प्रतिशत रहने छ ।

दुई वर्षको पूर्वानुमान हेर्दा वेलायतको अवस्था सन् २०२० देखि २०२२ का बीच जी–७ राष्ट्रमध्ये एक, इटली भन्दा राम्रो हुने देखिएको छ । यो वर्ष र आगामी वर्ष विश्व अर्थतन्त्रमा भने क्रमशः ६ प्रतिशत र ४.४ प्रतिशत वृद्धि देखिने बताइएको छ ।

पूर्वानुमान बारे एउटा ब्लगमा अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख अर्थशास्त्री गीता गोपीनाथले स्वास्थ्य अनि आर्थिक सङ्कटबाट बाहिर निस्कने बाटो देखिँदै गएको उल्लेख गरेकी छन् । सन् २०२१मा खोप अभियानले धेरै देशहरूको अवस्थामा सुधार ल्याउन सहयोग गर्ने उनले लेखेकी छन् ।

तर फरक फरक रूपमा सुधार भइरहेको विषय बारे भने उनले चिन्ता व्यक्त गरेकी छन् । खोप वितरणमा सुस्त देखिएका राष्ट्र, अर्थनीतिमा सीमित समर्थन अनि पर्यटनमा आश्रित मुलुकहरूको धेरै राम्रो गर्न सक्ने सम्भावना कम रहेको बताइएको छ ।

यी मध्ये पहिलो दुई विषय विकासशील राष्ट्रहरूका लागि प्रमुख समस्या रहने बताइएको छ । त्यस्ता धेरै मुलुकहरूको खोपमा पहुँच कम छ र उनीहरूलाई अर्थ तथा स्वास्थ्य सम्बन्धी नीतिमा लगानी गर्न कठिन हुनेछ ।

उदीयमान र विकासशील अर्थतन्त्रहरूबीच चीन आर्थिक गतिविधिहरूका हिसाबले पूर्व–महामारीको स्तरमा फर्किसकेको छ । तर उक्त समूहमा रहेका धेरै राष्ट्रहरूले सन् २०२३ अघि त्यस्तो गर्न नसक्ने ठानिएको छ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नयाँ नेतृत्वका लागि आज पत्रकार महासङ्घको निर्वाचन हुँदै

२०७७ चैत्र २५, बुधबार ०८:३६
Spread the loveकाठमाडौं । नेपाली सञ्चारकर्मीका लागि बहुप्रतिक्षीत नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन आज एकसाथ हुँदैछ । पत्रकार महासङ्घ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट हुन लागेको हो । महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न […]