अफ्रिकन रुट्स पुलिसलाई हराउँदै आहा–रारा गोल्डकपको फाइनलमा

Spread the love

पोखरा । पोखरामा जारी आहा–रारा गोल्डकप अन्तर्गत बिहीबार भएको सेमिफाइनलमा अफ्रिकन रुट्स एसोसिएसन नेपाल पुलिसलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । अफ्रिकन रुट्ससँग २–० गोलको हारसँगै प्रहरी सेमिफाइनलबाबाटै बाहिरिएको हो ।

खेलको पहिलो हाफको २ मिनेटमै रुट्सका बसिकले पहिलो गोल गरेर खेलमा अग्रता दिलाएका थिए । यसपछि प्रहरी निकै दबाबमा थियो । पहिलो हाफको सुरुमै दबाबमा परेको प्रहरीले प्राविधिक रुपमा राम्रो खेले पनि एउटै गोल गर्न सकेन ।

दोस्रो हाफपछि थपिएको ४ मिनेटको समयमा अफ्रिकनका मउसाले अर्को गोल गरेर फराकिलो जित भएका थिए । अफ्रिकनका खेलाडी अग्लो भएकाले पनि हाइ पासेज र हेडरको थेरै प्रयोग गरेका थिए । खेलमा दुवै टीमका ३÷३ जना खेलाडीले पहेँलो कार्ड पाएका थिए ।

प्रहरी यसअघिका विभिन्न वर्षमा आहा रारा प्रतियोगिता ६ पटकसम्म विजेता र ४ पटक उपविजेता थियो । मंगलबार भएको सेमिफाइनलमा पुलिसले थ्रीस्टारलाई ४–० को फराकिलो जित हासिल गर्दै सेमिफाइनलमा पुगेको थियो ।

अब शनिवार हुने फाइनल खेलमा अफ्रिकन र संकटा क्लब भिड्नेछन् । दुवै टिम पहिलोपटक फाइनलमा पुगेका हुन् । अफ्रिकन टिम भने यो प्रतियोगितामा पहिलोपटक सहभागी भएको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्रीद्वारा छ उद्यमी सम्मानित

२०७७ चैत्र २६, बिहीबार २१:५९
Spread the loveकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसर सिर्जना, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर काम गर्न उद्यमी– व्यवसायीलाई आह्वान गरेका छन् । नेपाल चेम्बर अफ कमर्शको ७०औँ वार्षिक साधारणसभाको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्रीले रोजगारीका अवसरका साथै उत्पादन र उत्पादकत्व बढाउनेतर्फ स्रोत परिचालन गर्नुपर्नेमा जोड दिए । अन्य […]