काठमाडौं । सत्तासमीकरणका विषयमा तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी छलफलमा जुट्ने भएका छन् । त्यसका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफलका लागि नेकपा कपामाओवादी केन्द्र र जनता समाजवादीलाई बोलाएका छन् ।
कांग्रेस सभापति देउवाले शुक्रबार दिउँसो तीन बजे सत्तासमीकरणका विषयमा छलफल गर्न आफ्नो निवास बूढानीलकण्ठमा माओवादी केन्द्र र जसपालाई बोलाएका हुन् ।
माओवादी र जसपालाई छलफलका लागि पार्टी सभापति देउवाले बोलाउनुभएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् । गत शुक्रबार बसेको कांग्रेस पार्टी केन्द्रीय कार्यसमितिको बैठकले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो ।