थप ३३२ जनामा कोरोना संक्रमण, ७९ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३३२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७९१०० पुगेको छ ।

त्यस्तै बिहीबार थप ७९ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २७३६०८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ७७ जना छन् भने आइसोलेसनमा २४५४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रतिक्रान्तितिर जाने हो भने त्यसविरूद्ध क्रान्तिको झण्डा उठ्छः प्रचण्ड

२०७७ चैत्र २६, बिहीबार १६:५२
Spread the loveकाठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार परिवर्तनको विषयलाई टुंगोमा पुर्याउने विषयमा छलफल भइरहेको बताएका छन् । बिहीबार सुर्खेतमा कर्णाली प्रदेशस्तरीय महिला नेता/कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले छिट्टै त्यसलाई निष्कर्षमा पुर्याइने बताएका हुन् । उनले त्यसका लागि आज काठमाडौंमा महत्वपूर्ण छलफल हुने बताए । […]