बजार पूँजीकरण जिडिपीको हाराहारीमा

Spread the love

काठमाडौं । लगातारको वृद्धिपछि नेप्से नयाँ उचाइमा पुग्दा त्यसको सकारात्मक प्रभाव बजार पूँजीकरणमा परेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबारको कारोवारपछि बजार पूँजीकरण ३७ खर्ब पुगेको छ । यो नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपी) को हाराहारी हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार ३७ खर्ब दुई अर्ब ८१ करोड ८९ लाख ५० हजार बराबरको बजार पूँजीकरण पुगेको छ । नेप्से र कूल गार्हस्थ उत्पादनको आकार झण्डै समान भएको हो । आज नेप्से २.७४ बिन्दुले उकालो लागेर दुई हजार ६७४.३५ मा पुगेको छ । नेप्सेका उचाइ पनि हालसम्मकै माथि हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.२८ बिन्दुले घटेर ४७६.५१ मा पुगेको छ । कूल २०७ कम्पनीको एक करोड ३३ लाख ७६ हजार कित्ता शेयर छ अर्ब ५५ करोड ६६ लाख १६ हजार ६८० मा कारोवार भएको छ ।

कारोवार भएका कूल १३ उपसमूहमध्ये बिहीबार सात उपसमूहको शेयर उकालो लाग्दा छ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ १.८९, होटल तथा पर्यटन २९.७९, विकास बैंक २०.६२, वित्त ३९.४३, लघुवित्त १०६.१३, जीवन बीमा ९१.९८ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले उकालो लागेको छ । यस्तै व्यापार ३२.०१, जलविद्युत् २३.३३, निर्जीवन बीमा ६२.६३, उत्पादन २२.५१ र लगानी ०.४३ ले ओरालो लागेको छ ।

कारोवारका आधारमा माथिल्लो तामाकोशी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३७ करोड १३ लाख ४४ हजार ११३ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै नेपाल पूर्वाधार बैंक २५ करोड ५५ लाख २४ हजार १४९, नेपाल बैंक २४ करोड सात लाख २४ हजार ७३८, चन्द्रागिरि हिल्स २२ करोड ४४ लाख ११ हजार ८४४ र नबिल बैंक १८ करोड १७ लाख ५० हजार ९७७ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो ।

यसैगरी एनआइसी एशिया लघुवित्त ९.९४, ग्रीन लाइफ हाइड्रो ९.९२, ज्योति लाइफ इन्स्योरेन्स ९.७९, मल्टिप्रपोज फाइनान्स ९.७७ र रिलायन्स फाइनान्सका लगानीकर्ताले ९.६८ प्रतिशतले कमाए । यसैगरी, युनिभर्सल पावर ४.४२, रसुवागढी हाइड्रोपावर ४.१७, अजोड इन्स्योरेन्स ३.६५, एनआइसी एशिया ग्रोथ फण्ड ३.५७ र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ३.५४ प्रतिशतले गुमाए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

४० हजार घुससहित प्रहरी जवान पक्राउ

२०७७ चैत्र २६, बिहीबार २१:२१
Spread the loveकाठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४० हजार घूससहित एक प्रहरी जवानलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, सितागञ्ज सुनसरीमा कार्यरत प्रहरी जवान कासिन्दर यादवलाई अख्तियारको टोलीले बिहीबार पक्राउ गरेको हो ।