म्यान्मारको सैनिक सरकारद्वारा १२० भन्दा बढी कलाकार पक्राउ

Spread the love

म्यान्मारको जुन्ता सरकारले सैनिक विद्रोहको विरोध गरिरहेका १२० जना भन्दा बढी कलाकारलाई नियन्त्रणमा लिएको छ । सैनिक सरकारले पछिल्लो समयमा सैनिक विद्रोहका विरुद्धमा विभिन्न कलाकारिता प्रस्तुत गरको भन्दै उनीहरुलाई पक्राउ गरेको बिहीबार बताइएको छ । ती कलाकारहरु मध्येका प्रमुख हुन् यहाँका एकजना गायक र मोडेल पाइङ ताखोन ।

उनी म्यान्मार र थाइल्याण्डमा समेत चर्चित गायक, मोडेल र कलाकार हुन् । उनले पछिल्लो समयमा म्यान्मारको सैनिकले विद्रोह गरेर सत्ता हत्याएको विरोधमा कार्यक्रम गर्दै आएका थिए ।

अहिले म्यानमारमा विरोध प्रदर्शन जारी छ र यसमा कलाकारहरुले विभिन्न कला पनि प्रस्तुत गर्ने गरेका छन् । उनीसहित उनका अरु सहयोगी तथा कलाकारहरुलाई पनि म्यानमारको सेनाले पक्राउ गरेर थुनामा राखेको बताइएको छ । गत फेब्रुअरी १ मा सरकारलाई अपदस्थ गरी सेनाले सत्ता लिएको छ । त्यसका विरुद्धमा म्यान्मारमा शुरुदेखि नै विरोध भइरहेको छ ।

सैनिक सरकारका विरुद्धमा यहाँका लेखक, पत्रकार, कलाकार तथा समाजका विभिन्न क्षेत्र र बर्गका नागरिकहरुले सडक संघर्षलाई जारी राखेका छन् । उनी म्यानमारको याङ्गुनबाट दक्षिणी शहरमा बस्दै आएका थिए । आमाको घरमा बसिरहेका उनलाई पक्राउ गर्नका लागि आठ वटा सैनिकका ट्रकमा करिब ५० जना सेना आएका थिए ।

ती कलाकारकी बहिनी थिथि लिविनले सो समाचार फेसबुकमा पोष्ट गरेकी बताइएको छ । उनलाई बिहीबार बिहानै निवासमै आएर सेनाले पक्राउ गरी लगेको थियो । ती कलाकार विरामी नै रहेका बेलामा सेनाले पक्राउ गरेको र उनलाई कहाँ लगेर राखेको छ भन्ने बारेमा केही थाहा पनि नभएको पनि उनकी बहिनीले बताएकी छिन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिएफआइएनले साधारण शेयर बिक्री गर्ने

२०७७ चैत्र २६, बिहीबार २२:२६
Spread the loveकाठमाडौं । साधारण शेयर बिक्री गर्ने क्रममा बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बिएफआइएन) पनि जोडिने भएको छ । सो संस्थाले अधिकतम ५५ हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । सम्झौतापत्रमा बिएफआइएनका तर्फबाट प्रबन्ध निर्देशक डा विनोद आत्रेय र एनआइसी एशिया क्यापिट लिमिटेडका […]