काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा एक हजारले बढेर ८९ हजार रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजाबी सुन तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२४५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
२०७७ चैत्र २६, बिहीबार ११:३१
Spread the loveकाठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद सत्या पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेर सांसद र संसदको अपमान मात्रै नभई अस्तित्वलाई समेत धुलोमा मिलाउने कोशिस गरेको आरोप लगाएकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पहाडीले संसदलाई विजनेश नदिएर प्रधानमन्त्रीले संसदको अस्तित्व नामेट पार्न लागेको […]
समाचार छुट्याे की?
-
२०७७ मंसिर २०, शनिबार ०३:२५
-
२०७७ मंसिर १८, बिहीबार १४:३९
-
२०७७ मंसिर २२, सोमबार ११:२१
-
२०७७ फाल्गुन ८, शनिबार १०:०४
-
२०७७ फाल्गुन १३, बिहीबार २२:३०
-
२०७७ मंसिर २६, शुक्रबार १५:४८