गृहमन्त्री थापा माओवादी केन्द्रबाट निस्कासन, सांसद नरहेको संसद सचिवालयलाई जानकारी

Spread the love

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी परित्याग गरी नेकपा एमालेमा गएका गृहमन्त्री रामबहादुर थापालाई कारबाही गरेको छ ।

माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालई पत्र पठाउँदै थापालाई दलबाट हटाएको र उनी माओवादी केन्द्रको सांसद नरहेको जानकारी गराएको हो । गृहमन्त्री थापा माओवादीका तर्फबाट राष्ट्रिय सभा सदस्य थिए ।

यसअघि माओवादीले दल त्याग गरेको भन्दै चार जना प्रतिनिधिसभा सदस्य र तीन जना प्रदेशसभा सदस्यलाई कारबाही गरिसकेको छ ।

माओवादीले एमालेमा प्रवेश गरेका ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री, प्रभु साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रम तथा रोजगार गौरीशंकर चौधरीलाई पनि कारबाही गर्दै पदमुक्त गरेको थियो । त्यस्तै माओवादीले एमालेमा प्रवेश गरेका प्रदेश १ का प्रदेश १ र लुम्बिनी प्रदेशका दुई प्रदेश सभा सदस्यलाई पनि पदमुक्त गरेको छ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सर्वोच्चमा सुवेदीको नियुक्ति र छनोट प्रकृया संविधानको भावना र मर्म विपरीतः सर्वोच्च बार

२०७७ चैत्र २७, शुक्रबार १४:४३
Spread the loveकाठमाडौं । सर्वोच्च अदालत वार एसोसिएसनले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका नहकुल सुवेदीको नियुक्ति र छनोट प्रकृया गलत रहेको बताएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले न्यायाधीश सुवेदीको सर्वोच्चको न्यायाधीश हुन योग्यता नपुगेको दावी गरेका हुन् । सुवेदीको हकमा उच्च अदालतमा […]