थप २८८ जनामा कोरोना संक्रमण, १२७ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २८८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७९३८८ पुगेको छ ।

त्यस्तै शुक्रबार थप १२७ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २७३७३५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ८४ जना छन् भने आइसोलेसनमा २६१५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने देउवाको प्रस्तावमा माओवादीको समर्थन, जसपाले पार्टीमा छलफल गरी निर्णय दिने

२०७७ चैत्र २७, शुक्रबार १६:५६
Spread the loveकाठमाडौं । सत्ता समीकरणका विषयमा भएको तीन दलको बैठक विना निष्कर्ष टुंगिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठक विना निष्कर्ष टुंगिएको हो । बैठकमा कांग्रेस सभापति देउवाले कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि दुई पार्टीलाई प्रस्ताव गरेका थिए । […]