नेपाल पत्रकार महासङ्घ काठमाडौँमा सुवेदी निर्वाचित

Spread the love

काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडौँको अध्यक्षमा सूर्य सुवेदी विजयी भएका छन् । महासङ्घ काठमाडौँको बिहीबार राति सम्पन्न मतपरिणामअनुसार सुवेदी ७१३ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी मोहन पन्तले ३३७ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा रामचन्द्र दुलाल (भाञ्जा), महिला उपाध्यक्षमा अप्सरा गौतम, सचिवमा महेश्वर गौतम, सहसचिवमा अर्जुन डोटेल र कोषाध्यक्षमा अजित अधिकारी विजयी भएका छन् ।

यसैगरी खुला सदस्यमा कमलराज राई, कृष्णप्रसाद ढुङ्गेल, कृष्णराज गौतम, बुद्ध योञ्जन लामा, रमेशकुमार बोहरा, रमेश लामिछाने, रीना श्रेष्ठ र शैलेश डङ्गोल विजयी भएका छन् ।

मधेशी सदस्यमा मीनाकुमारी यादव, दलित सदस्यमा शोभा नेपाली, समावेशी सदस्यमा दीपक काफ्ले र महिला सदस्यमा शोभा अर्याल विजय भएका छन् । देशभरको सबैभन्दा धेरै मतदाता रहेको काठमाडौँ शाखाको बुधबार सम्पन्न निर्वाचनमा एक हजार २३४ मत खसेको थियो ।

हुम्ला अध्यक्षमा रावत विजयी

नेपाल पत्रकार महासङ्घ हुम्ला जिल्ला शाखाको अध्यक्षमा राजन रावत विजयी भएका छन् । बुधबार भएको निर्वाचनबाट रावत निर्वाचित भएका हुन् । बिहीबार भएको मतगणनामा रावतले कूल खसेको २९ मतमध्ये २० मत पाएको महासङ्घ जिल्ला निर्वाचन समितिका संयोजक हरिबहादुर रावतले बताए । अध्यक्षका अर्का प्रत्यासी अर्जुन बोहराले नौ मत प्राप्त गरे ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा राजबहादुर शाही, सचिवमा नन्द सिंह, कोषाध्यक्षमा सुरेश परियार, दलित सदस्यमा दलसरा परियार विजयी भएका छन् । महिला उपाध्यक्षमा कुसुम बुढा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

त्यसैगरी सहसचिवमा छपाल लामा र अशोक भण्डारी पनि निर्विरोध चयन भएका थिए । सदस्यमा बेलुमाया महतारा, भक्तराज ऐडी, लोग भण्डारी, दाने बोहरा, पदमराज हमाल चयन भएका छन् । उनीहरू पनि निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचनमा प्रेस युनियन र प्रेस चौतारी (ओली पक्ष) बीच सहकार्य भएको हो । त्यस्तै केन्द्रीय परिषद् सदस्यमा जनक शाही र नवराज महतारा तथा प्रदेश परिषद् सदस्यमा कालीबहादुर थापा पनि निर्विरोध चयन भएका छन् । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखामा ३३ पत्रकार आबद्ध भए पनि २९ जनाले मतदान गरेका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पुटिनलाई कोरोना सङ्क्रमण हुन नदिन असाधारण काम

२०७७ चैत्र २७, शुक्रबार १०:२१
Spread the loveकोरोनाभाइरस महामारीको आरम्भदेखि नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सङ्क्रमित हुनबाट जोगाउनका लागि त्यहाँको सरकारले असाधारण कार्यहरू गरेको छ । क्रेम्लिन शैलीको क्वारन्टीन कसरी तयार पारिन्छ र यसमा कति खर्च हुन्छ त ? पुटिनको नजिक पुग्नुअघि जो कोहीलाई क्वारन्टीनमा राखिन्छ । गत एक वर्षमा सयौँ मानिसहरूलाई त्यसरी क्वारन्टीनमा राखिएको […]