काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले जनता सरकारबाट आश्वस्त हुने ठाउँ हराउँदै गएको बताएका छन् । ट्वीट गर्दै पूर्वसभामुख ढुंगानाले प्रदेश सरकार धमाधम अस्थिर हुँदै जानु तथा राष्ट्रियसभा नबोलाइनुबाटै यसबारे स्पष्ट हुने बताएका हुन् ।
कोभिडको आतंक फैलिरहेका बेला विश्वास अविश्वासमा अड्किएर प्रतिनिधिसभाले सरकारलाई उत्तरदायी बनाउन सक्ने छाँट नदेखिएको भन्दै उनले जनता कसबाट आश्वस्त हुने भन्दै प्रश्न गरेका छन् ।
उनले लेखेका छन्, ‘प्रदेश सरकार पनि धमाधम अस्थिर हुँदैछन्।राष्ट्रियसभा बोलाइएन। विश्वास अविश्वासमा अड्किएर प्रतिनिधिसभाले सरकारलाई उत्तरदायी बनाउन सक्ने छाँट देखिएन । आफ्नै पार्टी समस्यामा जकडिएर सरकार झनझन् हतारिएर हराएझैँ लाग्दैछ।यस्तो बेला, यो अझ भयावह कोभिड–१९को आतंक, आमजनता कसबाट आश्वस्त हुने ?’