सर्वोच्चमा सुवेदीको नियुक्ति र छनोट प्रकृया संविधानको भावना र मर्म विपरीतः सर्वोच्च बार

Spread the love

काठमाडौं । सर्वोच्च अदालत वार एसोसिएसनले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका नहकुल सुवेदीको नियुक्ति र छनोट प्रकृया गलत रहेको बताएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरेर सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले न्यायाधीश सुवेदीको सर्वोच्चको न्यायाधीश हुन योग्यता नपुगेको दावी गरेका हुन् । सुवेदीको हकमा उच्च अदालतमा न्यायाधीशको रुपमा ५ वर्ष काम नगरेको तथा राजनीतिक रुपमा नियुक्त गरिएको भन्दै उनले आपत्ति जनाए । शाक्यले यसबारे न्यायपरिषद र संसदीय सुनुवाइका सभापतिको ध्यानाकर्षण गरिसकेको समेत जानकारी दिएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थप २८८ जनामा कोरोना संक्रमण, १२७ जना संक्रमणमुक्त

२०७७ चैत्र २७, शुक्रबार १५:०४
Spread the loveकाठमाडौं । नेपालमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २८८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७९३८८ पुगेको छ । त्यस्तै शुक्रबार थप १२७ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको […]