सिंगटी हाइड्रोको आइपिओ बाँडफाँट, दुई लाख ६९ हजारले पाए १० कित्ता शेयर

Spread the love

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले शुक्रबार बिहान सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको आइपिओ बाँडफाँट गरेको हो ।

कम्पनीले गत चैत ६ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गरेको आइपिओमा १५ लाख ६५ हजार ५३० आवेदकले आवेदन दिएका थिए ।

आवेदन दिएकामध्ये पाँच हजार ७२८ को आवेदन रद्द भएको छ । योग्य कायम भएका १५ लाख ५९ हजार ८०२ आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँट भएको छ ।

योग्य आवेदकमध्ये गोलाप्रथाबाट दुई लाख ६९ हजार ७०० लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएको मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सविर वादे श्रेष्ठले जानकारी दिए । उनका अनुसार आवेदन दिएकामध्ये १२ लाख ९५ हजार ८३० आवेदक हात खाली भएका छन् ।

कम्पनीले १०० अङ्कित दरका २९ लाख कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरेको थियो । जसमध्ये दुई प्रतिशतअर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि र पाँच प्रतिशतअर्थात् एक लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको थियो । बाँकी रहेको २६ लाख ९७ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १४ लाख ५० हजार कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको निर्माण लागत निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट २२ करोड हुने प्रक्षेपण गरिएको छ ।

आइपिओको नतिजा मेरोशेयर, सिडीएसले आइपिओ नतिजाको लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गृहमन्त्री थापा माओवादी केन्द्रबाट निस्कासन, सांसद नरहेको संसद सचिवालयलाई जानकारी

२०७७ चैत्र २७, शुक्रबार १४:२०
Spread the loveकाठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी परित्याग गरी नेकपा एमालेमा गएका गृहमन्त्री रामबहादुर थापालाई कारबाही गरेको छ । माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालई पत्र पठाउँदै थापालाई दलबाट हटाएको र उनी माओवादी केन्द्रको सांसद नरहेको जानकारी गराएको हो । गृहमन्त्री थापा माओवादीका तर्फबाट राष्ट्रिय सभा सदस्य थिए । यसअघि माओवादीले […]