मञ्चमै विजेता अयोग्य भन्दै उपाधि खोसेर अर्की प्रतिस्पर्धीलाई लगाइदिएकी पूर्व मिसेस् श्रीलङ्का क्यारलाइन जुरीलाई प्रहरीले पक्राउ गरेको छ । गत आइतवार टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रमा पुष्पिका डिसिल्भाले मिसेस श्रीलङ्काको उपाधि जितेकी थिइन् र जुरीले उनलाई ताज लगाइदिनुपर्ने थियो ।
तर ताज लगाइदिएको केही समयमै जुरीले सम्बन्धविच्छेद भइसकेकाले उनलाई उपाधि दिनु नहुने दाबी गर्दै ताज खोसिन् । डिसिल्भाले त्यसपछि आफू श्रीमानसँग छुट्टिएर बसेको तर सम्बन्धविच्छेद भने नभएको बताएकी छन् । मिसेस श्रीलङ्का मिस वर्ल्ड सौन्दर्य प्रतियोगिता अन्तर्गत विवाहित महिलाहरूका लागि आयोजन गरिने उपाधि हो ।
त्यसपछि उनले अर्की प्रतियोगीलाई ताज लगाइदिइन् । विभिन्न देशका विजेताहरू मिसेस वर्ल्ड प्रतियोगिताका लागि चुनिन्छन् । ‘पारपाचुके भएका महिलाले प्रतियोगितामा भाग लिन नपाउने नियम छ। त्यसकारण यो ताज दोस्रो स्थानमा रहेकी प्रतियोगीलाई दिनका लागि म यो कदम उठाउँदैछु’“ जुरीले दर्शकहरूलाई भनेकी थिइन् ।
एउटा फेसबुक पोस्टमा डिसिल्भाले टाउकोमा लागेको चोटका कारण आफू अस्पताल जानुपरेको उल्लेख गरेकी थिइन् । यो प्रकरणमा संलग्न रहेकी अर्की मोडल पनि पक्राउ परेकी छन् ।
जुरी र पाडमेन्ड्रालाई जमानत दिइएको छ र कोलम्बो मजिस्ट्रेट्स कोर्टमा अप्रिल १९ मा हाजिर हुन भनिएको छ । त्यस्तै डिसिल्भालाई उपाधिको ताज पुनः पहिराइएको छ र जुरीले सार्वजनिक रूपमै माफी माग्ने अपेक्षा गरेको कार्यक्रमका आयोजकहरूले बताएका छन्।