झापाको सतिघट्टामा सशस्त्र प्रहरीको विओपी स्थापना

Spread the love

झापा । सशस्त्र प्रहरी बल नेपालले मेचीनगर–७ स्थित सतिघट्टामा बोर्डर आउट पोष्ट (विओपी) स्थापना गरेको छ । खुल्ला सीमामा हुने अपराध नियन्त्रण र सीमा स्तम्भको सुरक्षा गर्ने उद्देश्यले शुक्रबार दुईतले भवनसहितको अस्थायी विओपीको स्थापना गरिएको हो ।

सतिघट्टामा रहेको ढल तथा फोहर व्यवस्थापनाको कार्यालयको स्वामित्वमा रहेको भवनमा स्थापना गरिएको विओपीको उद्घाटन प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले गरेका थिए ।

प्रजिअ तिम्सिनाले विओपी थपिएपछि नेपाल भारत सीमाका पिलर हराउने, नेपाली भूमि मिचिने र अपराधिक घटना कम हुने अपेक्षा गरेको बताए । झापामा भारतसँगको सीमा क्षेत्रमा विओपी स्थापनाको सङ्ख्या योसँगै १८ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अवुन पाण्डेको ‘प्रेम प्याला’ (भिडियोसहित)

२०७७ चैत्र २८, शनिबार ११:१४
Spread the loveगायिका अवुन पाण्डेको शब्द, संगीत तथा स्वर रहेको गीत ‘प्रेम प्याला’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियोमा विकास लामिछाने र पूजा गिरीले अभिनय गरेका छन् । गीतको म्युजिक भिडियो राजेश शाहले निर्देशन गरेका हुन्। भिडियोमा शिवराम श्रेष्ठको छायाँकन, रोहिंग्या महर्जनको कोरियोग्राफी रहेको भिडियोमा निर्देशक शाहकै सम्पादन रहेको […]

समाचार छुट्याे की?