देशद्रोहको आरोपमा साउदी अरबद्वारा तीन सैनिकलाई मृत्युदण्डको सजाय

Spread the love

साउदी अरबले शनिबार तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको त्यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार संस्था ‘साउदी प्रेस एजेन्सी’ले प्रकाशित विज्ञप्तिमा भनेको छ, “सेनाले ‘शत्रुलाई सहयोग पुर्याई’ देशद्रोहको अपराध गर्ने तीन सैनिकलाई मृत्युदण्ड दिने ठहर गरेको छ ।”

विज्ञप्तिमा सैनिक अधिकारीहरू, मेहम्मद विन अहमद, साहेर विन इसा र हमद विन इब्राहिमलाई, उनीहरूले कोसँग राज्यविरोधी गतिविधि गरे भन्ने नखुलाईकन मृत्युदण्डको फैसला सुनाइएको हो । यो घोषणा ३५ वर्षीय उत्तराधिकारी साउदी राजकुमार मोहम्मद विन सलमानले सिंहासनका लागि आफूलाई सशक्त बनाउने क्रममा आएको हो ।

यही समय साउदी अरबले छिमेकी राष्ट्र यमनमा सैन्य अभियानलाई सशक्त बनाउन थालेकोले पनि यमनविरूद्धको अभियानमा उनीहरूले सशक्त भूमिका निर्बाह नगरेको अपुष्ट आरोपहरू सुनिँदै आएका थिए । प्रिन्स मोहम्मदलाई पहिले देखि नै देशको नयाँ नेतृत्वको दाबेदारका रूपमा हेरिन्छ । उनले सरकारको सबै प्रमुख संयन्त्रहरूका साथै अर्थव्यवस्थामा नियन्त्रण जमाएको बताउने गरिएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राजकाज र राजनीतिलाई अलग गरेर हेर्न मिल्दैनः बाबुराम भट्टराई

२०७७ चैत्र २८, शनिबार २२:०१
Spread the loveकाठमाडौं । पत्रकार एवं राजनीतिज्ञ रवीन्द्र मिश्रको ‘राजनीतिसँगै राजकाज’ नामक कृति लोकापर्ण गरिएको छ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णीम वाग्ले, लेखक मिश्र र टेलिभिजन पत्रकार समा थापाले शनिबार आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरेका हुन् । कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले राजकाज र राजनीतिलाई अलग […]