नयाँ नक्सा प्रचलनमा ल्याउन माग गर्दै युवा संघको प्रदर्शन

Spread the love

काठमाडौं । राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुरयाएका व्यक्तित्वहरुलाई सरकारले वितरण गरेको पदकमा नेपालको नयाँ नक्सा प्रयोग नगरिएको भन्दै युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ । शनिबार काठमाडौंको माइतीघर मण्डलामा नेकपा एमालेको माधवकुमार नेपाल पक्ष निकट युवा संघ नेपालले विरोध प्रदर्शन गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतलनिवासमा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई विभिन्न मानपदवी, अलङ्कार र पदक वितरण गरेकी थिइन् । तर ति पदकमा नेपालले गत वर्ष अनुमोदन गरेको नयाँ नक्सा प्रयोग नभई पुरानै नक्सा प्रयोग भएको छ ।

त्यसैको विरोधमा युवा संघ नेपालले विरोध प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरुले ‘लिपुलेक र कालापानी सहितको चुच्चे नक्सा खोई ?’, ‘नेपालको पूर्ण नक्सा (चुच्चे)को प्रयोग सुनिश्चित गर’ लगायत लेखिएका ब्यानर तथा प्लेकार्ड लिएर सडकमा सरकार विरुद्ध नाराबाजी गरेका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थप ३३७ जनामा कोरोना संक्रमण, १५१ जना संक्रमणमुक्त

२०७७ चैत्र २८, शनिबार १६:०९
Spread the loveकाठमाडौं । नेपालमा थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३३७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७९७२५ पुगेको छ । त्यस्तै शनिबार थप १५१ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको […]

समाचार छुट्याे की?