वैशाख एक गते वितरण गरिने विभूषणमा नयाँ नक्सा राखिने

Spread the love

काठमाडौं । गृह मन्त्रालयले शुक्रबार वितरण भएका विभूषण पुरानो मितिका भएकाले पुरानै नक्सा उल्लेख गरिएको स्पष्टीकरण दिएको छ ।

मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरी विभूषण ३ असोज ०७६ मा घोषणा भई  ०७७ वैशाख १ मा  वितरण गर्नुपर्नेमा कोभिड–१९ महामारीका कारण शुक्रबार मात्र वितरण गरिएको जनाएको छ ।

मन्त्रालयले  ०७७ असोज ३  मा घोषणा भई ०७८ वैशाख १ मा वितरण गरिने विभूषणहरूमा भने कालापानी–लिम्पियाधुरा क्षेत्र समेटिएको नयाँ नक्सा अंकित गरिने जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालमा गैँडाको सङ्ख्या ७५२ पुग्यो

२०७७ चैत्र २८, शनिबार १८:३२
Spread the loveनवलपुर । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्याङ्कले देखाएको छ । शनिबार राष्ट्रिय गैँडा गणना, २०७७ को नतिजा सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले नेपालमा गैँडाको सङ्ख्या ७५२ पुगेको जानकारी दिए । यसअघि […]

समाचार छुट्याे की?