एमालेको माधव नेपाल पक्षद्वारा सुदूरपश्चिम सह–संयोजक कर्ण थापालाई कारवाही

Spread the love

धनगढी । नेकपा एमालेको माधव नेपाल पक्षले नेकपा एमाले सुदूरपश्चिमका सह–संयोजक कर्णबहादुर थापालाई कारवाहीका लागि सिफरिस गरिएको छ ।

आइतबार धनगढीमा पत्रकार सम्मलेन गरी उपाध्यक्ष डा. भीम रावलले थापालाई अनुशासनको कारवाही सिफारिस गरिएको जानकारी दिएका हुन् ।

रावलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेकपा एमालेको विधान, नियमावली, पद्धति र मान्यताको उल्लंघन गरी पार्टी विभाजन गर्ने जस्तो घातक कार्यमा संलग्न हुनुका साथै पार्टी कार्यालयमा गुण्डागर्दी र तोडफोड गर्ने काममा संलग्न भई पार्टीलाई बिसर्जनतर्फ धकेल्ने क्रियाकलाप गरेकाले सुदूरपश्चिम प्रदेश कमिटीका सह–संयोजक कर्णबहादुर थापालाई विधानको धारा ४९ को(क) को १ देखि ७ र १४ तथा धारा ५९ बमोजिम अनुशासनको कारवाही गरी पार्टीका सबै जिम्मेवारीबाट हटाउनुका साथै पार्टी सदस्यताबाट १ वर्ष निलम्बनका लागि सिफरिस गरिएको छ।’ यस्तै कञ्चनपुरका जिल्ला पार्टी सदस्य रहेका राजेन्द्र रावलले पार्टीको विधान विपरित विभिन्न कार्य गरेकाले उनलाई त्यस्तो कार्य नगर्न निर्देशित गरिएको छ ।

 

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतमा एकैदिन एक लाख ५२ हजारलाई कोरोना संक्रमण

२०७७ चैत्र २९, आईतवार १४:५५
Spread the loveभारतमा कोरोनाभाइरसबाट एकै दिनमा डेढ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो पटक भएको स्वास्थ्य अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक लाख ५२ हजार ८७९ जना सङ्क्रमित भएका हुन् । भारतमा पछिल्लो केही हप्तादेखि […]