ओली नेतृत्वको सरकारबाट जनतालाई झुक्याउने मात्र काम भयोः नेता सिंह

Spread the love

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकारले जनतालाई झुक्याउने काम गरेको बताएका छन् ।

नेपाल दलित संघको आयोजनामा आइतबार काठमाडौमा भएको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले अदालतले संसद पुनःस्थापना गरेपछि पनि प्रधानमन्त्रीले संसदीय प्रक्रियालाई कमजोर पार्ने काम गरिरहेको बताएका हुन् ।

सिंहले ओली नेतृत्वको सरकार भ्रष्टाचारमा डुबेको र असंवैधानिक काम गरिरहेको आरोप लगाए । उनले भने, ‘यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ। असंवैधानिक कामहरू गरिराखेको छ । हामीलाई सरकार बनाउने रहर होइन । पाँच वर्ष प्रतिपक्षमा बस्ने भनेको हो। तर यो सरकार अप्रजातान्त्रिक ढंगले अगाडि बढेपछि बाध्यता पर्यो।’ अब नयाँ सरकार गठन गरेर मुलुकलाई अहिलेको अवस्थाबाट निकास दिई निष्पक्ष चुनाव गराउने उनको भनाइ थियो ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राजकुमार फिलीपको अप्रिल १७ मा अन्त्येष्टि गरिने

२०७७ चैत्र २९, आईतवार १२:१४
Spread the loveबेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको अप्रिल १७ मा अन्त्येष्टि गरिने भएको छ । बेलायतको राजदरबार बकिङ्घमका प्रवक्ताले ९९ वर्षको उमेरमा स्वर्गारोहण भएका फिलीपको अप्रिल १७ मा अन्त्येष्टि गर्ने निर्णय भएको जानकारी दिएका छन् । गत शुक्रबार नै उनको निधन भएपनि संवैधानिक प्रक्रिया मार्फत उनको अन्त्येष्टि गर्नुपर्ने […]

समाचार छुट्याे की?