ट्याक्टर दुर्घटनामा चितवनमा पाँच जनाको मृत्यु, १९ घाइते

Spread the love

चितवन । चितवनको राप्ती नगरपालिका–११ आमपानीस्थित चिउँडे खोलामा आइतबार साँझ ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार थाकलटारबाट ढलानको काम गर्ने मजदुर बोकेर चिउँडे खोलातर्फ जाँदै गरेको ना १ त ६३८२ नम्बरको ट्याक्टर आइतबार साँझ ७ः३० बजे पुलबाट झण्डै २०० मिटर तल खसेको हो ।

घाइतेको उद्धार गरी अस्पताल ल्याइएकामध्ये पाँचको मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए । घाइतेको भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये आठको अवस्था गम्भीर रहेको उनले जानकारी दिए । घाइतेको सङ्ख्या थपिन सक्ने प्रहरीको अनुमान रहेको छ । मृतकको थप विवरण आउन बाँकी रहेको थापाले जानकारी दिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जोर्डनी राजा र राजकुमार हमजा एकै स्थानमा सार्वजनिक

२०७७ चैत्र २९, आईतवार २२:१५
Spread the loveजोर्डनका राजा अब्दुल्लाह र उनका सौतेनी भाइ राजकुमार हमजा आइतवार एकैस्थानमा बसेको दृष्यलाई जोर्डनका सञ्चारमाध्यमले महत्वका साथ सम्प्रेषण गरेका छन् । यसलाई जोर्डनको दरबार विवादपछिको मिलनविन्दुको खोजी गर्ने प्रयासका रूपमा राज्य सञ्चालित टेलिभिजनले देखाएका छन् । राजकुमारसँगको दरबारको विवादको कारण उनीहरूको पहिलो संयुक्त उपस्थितिलाई महत्वपूर्ण मानिएको हो । […]