मनकामना केबलकार सोमबारदेखि पुनः सञ्चालनमा आउँदै

Spread the love

काठमाडौं । मनकामना केबुलकार मर्मत सम्भार पश्चात् एक दिनअगावै अर्थात् आगामी सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

केबुलकारले जारी गरेको सूचनामा केबलकार चैत्र ३१ गते मंगलबारसम्मको लागि बन्द गरिने भनिएको थियो ।
मनकामना दर्शन प्रालिले शनिबार सूचना जारी गर्दै प्रथम चरण मध्येको कार्य अनुमानित समय भन्दा १ दिन अगावै सम्पन्न भएकोले चैत्र ३१ गते सञ्चालनमा गर्ने भनिएको केबलकार चैत्र ३० गते सोमबारबाटै सञ्चालनमा आउने जनाएको हो ।

चैत्र २३ गतेदेखि मर्मतका लागि बन्द गरिएको केबलकारको विदेशी प्राविधिकहरुले काम गर्दै आएका थिए । ६ दिन बन्द गरिएको केबलकार ५ दिनमा नै काम सम्पन्न भएकोले सञ्चालनमा ल्याउन लागिएको सञ्चालक मध्येका एक राजेशबावु श्रेष्ठले बताए ।

२०५५ सालमंसिर ८ गतेदेखि सञ्चालनमा आएको मनकामना केबलकारले २३ बर्ष पुरा गरे सँगै नयाँ प्रविधिमा सञ्चालन गर्ने गरी कामको थालनी गरेको छ । पुरानै प्रविधिमा सञ्चालनमा ल्याउँदा सञ्चालन खर्च बढ्ने भन्दै कम्पनीले नयाँ प्रविधिमा केबलकार सञ्चालन गर्न लागेको हो ।

सञ्चालक श्रेष्ठका अनुसार पहिलो चरणमा अतिआवश्यक र मर्मत नगरिनहुने सामान फेरिने र दोश्रो चरणमा नयाँ प्रविधिको लागि पूर्वाधार तथा केही सामान थप्ने तथा तेस्रो चरणमा एनालग प्रविधिबाट डिजिटल प्रविधिमा लैजाने गरी मर्मत थालिएको हो ।

जस अनुसार केबलकारको लठा परिवर्तन, सञ्चार केबललाई सेट्रा केबलमा परिवर्तन र डिसी ड्राइभलाई एसीमा लैजान लागिएको छ । यात्रुको सुरक्षा संगै केबलकारलाई विश्वमा आएको नयाँ प्रविधिमा ढाल्न लागिएको केबलकार प्रशासनले जनाएको छ ।
अबको २ बर्षभित्रै केबलकार डिजिटल प्रविधिमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सदस्यताको विवरण केन्द्रमा बुझाउने म्याद पुनः थप्ने कांग्रेसको तयारी

२०७७ चैत्र २९, आईतवार २१:३७
Spread the loveकाठमाडौँ । नेपाली कांग्रेसले आसन्न १४ औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनः थप्ने तयारी गरेको छ । यसअघि जिल्ला कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि पटकपटक थप्दै आएको कांग्रेसमा सो समयावधि पुनः थप्नुपर्ने बाध्यता देखिएको छ । हालको […]