म्यान्मारमा प्रदर्शनकारीमाथिको दमन बढ्दो, कम्तीमा ८० जनाको मृत्यु

Spread the love

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सुरक्षाकर्मीको गोली प्रहारबाट ८० जना मारिएका हुन् । प्रत्यक्षदर्शीका अनुसार सैनिकहरुले ठूला हतियारको प्रयोग गरेका थिए । सैनिक सत्ता कायम राख्नका लागि सेनाले बल प्रयोग गरिरहेको छ ।

८० जनाको मृत्यु भएको समाचार बाहिर आएपनि वास्तविक मृतकको संख्या लुकाइएको आंशका गरिएको छ । प्रदर्शनका क्रममा हालसम्म ६ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रदर्शन हिंसात्मक बन्दै गइरहेको अन्तर्राष्ट्रिय समुदायले समेत चासो र चिन्ता व्यक्त गर्दै आन्दोलनको भत्र्सना गरिरहेका छन् । म्यानमारमा सैनिक कु भएयता निरन्तर प्रदर्शन जारी छ । म्यानमारका जनताले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी लगायत बन्दीको रिहाइ तथा प्रजातन्त्र पुनर्वहालीको माग माग राखेर निरन्तर आन्दोलन गरिरहेका हुन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज घोडेजात्रा पर्व मनाइँदै, टुँडिखेलमा सेनाले विभिन्न कला प्रदर्शन गर्ने

२०७७ चैत्र २९, आईतवार ०८:१८
Spread the loveकाठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेकाले एक तिहाइलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको नेपाली सेनाले जनाएको छ । भाइरसको सङ्क्रमण आम मानिसमा नफैलियोस् भनी सतर्कता अपनाउँदै यसो गरिएको हो । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा […]