ओली ब्रह्माण्डको सत्य आफूभित्र कैद रहेको भन्ने भ्रमबाट मुक्त हुनुपर्छः सांसद बस्नेत

Spread the love

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले प्रधानमन्त्री केपी ओली भ्रमबाट मुक्त नभएसम्म मुलुकको नियति नफेरिने बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद बस्नेतले प्रधानमन्त्री ओली ब्रह्माण्डको सत्य आफूभित्र कैद रहेको भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताएका हुन् ।

उनले भने, ’ब्रह्माण्डको सत्य आफ्नै दिमागभित्र कैद छ भन्ने भ्रमबाट उहाँ जहिलेसम्म चलिरहनुहुन्छ मुलुकको नियति यस्तै भइरहन्छ।’ उनले प्रधानमन्त्री ओलीको विकासको खाकाले राजनीतिक परिवर्तनसँग मेल नखाएको बताए ।

विभिन्न व्यक्तिहरूलाई सरकारको सिफारिसमा राष्ट्रपतिले दिएको पदकमा प्रयोग भएको नेपालको नक्सालाई लिएर पनि बस्नेतले सरकारको मैसमी राष्ट्रवाद देखिएको बताए ।

उनले २०७६ सालमा छापिएको पदकमा नक्सा नहुनु ठिकै भएको भन्ने जवाफ दिएर सरकार पन्छिन नमिल्ने बताए । उनले भने, ‘जनतालाई मौसमी राष्ट्रवाद चाहिएको होइन । सरकार जिम्मेवार र जवाफदेही हुनुपर्छ । हल्का ढंगले टिप्पणी नगरियोस् । ७६ सालमा गरिएको पदक सम्मान हो भनेर जनताका प्रश्नको सम्बोधन गर्दैन।’

सरकारले संसद्लाई फेरि विघटन गर्ने मनसाय राखेकाले माओवादीले समर्थन फिर्ता नलिएको बस्नेतको भनाइ थियो । उनले भने, ‘सरकारले संसद विघटनको मनसाय प्रकट गरिराखेको जस्तो छ । सरकारका अलोकतान्त्रिक र असंवैधानिक कुरा स्वीकार्न र सहयोग गर्नका लागि समर्थन होइन ।’ संसद्को रक्षा र रखवारी गर्नका लागि माओवादीले समर्थन फिर्ता नलिएको र सरकारका कामलाई समर्थन नगर्ने पनि बस्नेतको तर्क थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संसदीय समितिमा नाम हेरफेर, गोकुल बास्कोटालाई बनाइयो लेखा समितिको सदस्य

२०७७ चैत्र ३०, सोमबार १५:२५
Spread the loveकाठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति र संसद्का विभिन्न समितिमा सदस्यहरुको नाम मनोनयन र हेरफेर गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले प्रतिनिधिसभा नियमावलीअनुसार सांसद सदस्यको नाम मनोनयन, थप तथा हेरफेर गरेका हुन् । परामर्श समितिमा उमाशङ्कर अरगरिया, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, जयपुरी घर्ती, दिलेन्द्रप्रसाद […]

समाचार छुट्याे की?