भारतमा एकैदिन १ लाख ७० हजार कोरोना संक्रमित थपिए

Spread the love

भारतमा एकैदिन झण्डै १ लाख ७० हजार कोरोनाभाइरसका संक्रमित थपिएका छन् । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६९ हजार ८ सय ९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । एकैदिन यति धेरै संक्रमित थपिएको यो पहिलो पटक हो ।

भारतमा पछिल्लो समय संक्रमितको संख्याले नयाँ रेकर्ड बनाउँदै गएको छ । सबैभन्दा धेरै महराष्ट्र कोरोना संक्रमित थपिएका छन् । त्यहाँ एकैदिन ६३ हजारमा संक्रमण पुष्टि भएको छ । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा ९ सय ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा एक करोड ३५ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ भने १ लाख ७० हजार संक्रमितको ज्यान गएको छ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नयाँ बसपार्कका टिकट काउण्टर वैशाख एक गतेदेखि बन्द हुने

२०७७ चैत्र ३०, सोमबार ०८:४९
Spread the loveकाठमाडौं । गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गते देखि केही समयका लागि बन्द हुने भएका हुन् । नयाँ बसपार्क सञ्चालन […]