माधव नेपाल पक्षले भन्यो-ओलीको दक्षिणपन्थी एवं विसर्जनवादी प्रवृत्ति पार्टी विघटन गर्नेतर्फ उद्दत

Spread the love

काठमाडौँ । नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको दक्षिणपन्थी एवं विसर्जनवादी प्रवृत्ति पार्टी विघटन गर्नेतर्फ उद्दत रहेको निष्कर्ष निकालेको छ ।

राष्ट्रिय भेलाका निर्णय समेटेर नेता नेपालले जारी गरेको सर्कुरलमा ओलीको उक्त कदमले पार्टीमा गम्भीर संकट उत्पन्न भएको बताइएको छ । फागुन २३ गते सर्वोच्च अदालतले पूर्ववत अवस्थामा फर्काइ दिएपछि ओलीले नवौं महाधिवेशनको सम्पूर्ण म्याण्डेटलाई ध्वस्त पारेको सर्कुलरमा उल्लेख छ ।

’कमरेड केपी ओलीको दक्षिणपन्थि एवम् विसर्जनवादी प्रवृति एमालेलाई विघटन तर्फ उद्दत रह्यो,’ सर्कुलरमा भनिएको छ। निराश अवस्थामा रहेका कार्यकर्तालाई चैत ४ र ५ गते राष्ट्रिय भेलाको आयोजना गरेर आफूहरुले उत्साह भरेको नेपाल समूहको दाबी छ ।

राष्ट्रिय भेलाको आयोजना गरेर एमालेलाई विसर्जन हुन नदिन २०७५ जेष्ठ २ गते अघिको कमिटीलाई निरन्तरता दिँदै पार्टी तथा संगठनलाई पुनर्गठन गर्न लागेको सर्कुलरमा उल्लेख छ । सातै प्रदेशमा संयोजक तोकिएको तथा जिल्ला कमिटीहरु पनि विस्तार गरिएको समेत जनाइएको छ। भेलाको निष्कर्ष अनुसार दुई महिने अभियान सुरु भएको र त्यसअन्तर्गत सबै तहमा बैठक तथा भेला गरिने उल्लेख छ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नयाँ वर्षमा नेपाल टेलिकमको स्प्रिङ अफर

२०७७ चैत्र ३०, सोमबार १७:३६
Spread the loveकाठमाडौँ । नेपाल टेलिकमले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखी विभिन्न प्याकेज सहितको स्प्रिङ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गतका सेवाहरु २०७७ चैत ३१ गतेदेखि ९० दिनसम्म उपयोग गर्न सक्नेछन् । यसअघि उपलब्ध विन्टर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित स्प्रिङ अफर उपलब्ध […]