मेलम्चीलाई देखाएर पेट्रोल र डिजेलको भाउ बढाइयोः सांसद महत

Spread the love

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले सरकारले राष्ट्रवाद देखाएर चुच्चे नक्सा गायब पारेको आरोप लगाएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महतले सरकारले एकथोक देखाएर अर्कै काम गरेको आरोप लगाएका हुन् ।

महतले अहिले पेट्रोलियम पदार्थ, निर्माण सामग्री र खाद्य सामग्रीको भाउ अचाक्ली बढेको पनि बताएका छन् । उनले संसद्लाई सम्बोधन गर्दै भने, ‘मेलम्चीलाई देखाएर पेट्रोल र डिजेलको भाउ बढेको छ । धरहरालाई देखाएर यहाँ डण्डी र सिमेन्टीको भाउ बढ्याछ सभामुख महोदय । विकास र समृद्धि देखाएर नुन, तेल, चामल र दालको मूल्य बढाएर यहाँ जनताको ढाड सेकिएको छ ।’

त्यस्तै पार्टीभित्रको झगडाको असर संसदमा पारिएको उनले बताए । उनले भने, ‘पार्टीभित्रको झगडालाई देखाएर संसद्को ढाडै भाँच्ने काम भएको छ । कोरोना देखाएर ऋणले जनता डुबाइसकियाछ । राष्ट्रवाद देखाएर यहाँ चुच्चे नक्सा पनि गायब पारियो । अब यस्तो भइरहेको छ । सभामुखमार्फत यसमा सबै पार्टीको ध्यान जाओस् जनताको ध्यान जाओस् भन्ने चाहन्छु ।’

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ओली ब्रह्माण्डको सत्य आफूभित्र कैद रहेको भन्ने भ्रमबाट मुक्त हुनुपर्छः सांसद बस्नेत

२०७७ चैत्र ३०, सोमबार १५:०२
Spread the loveकाठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले प्रधानमन्त्री केपी ओली भ्रमबाट मुक्त नभएसम्म मुलुकको नियति नफेरिने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद बस्नेतले प्रधानमन्त्री ओली ब्रह्माण्डको सत्य आफूभित्र कैद रहेको भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताएका हुन् । उनले भने, ’ब्रह्माण्डको सत्य आफ्नै दिमागभित्र कैद छ भन्ने […]

समाचार छुट्याे की?